
१५ असोज, काठमाडौं । राहदानी विभागको सर्भरमा समस्या आएपछि राहदानीसम्बन्धी सेवा प्रभावित भएको छ।
विभागको सर्भर डाउन भएपछि सेवाग्राहीले अनलाइन आवेदन तथा राहदानीसम्बन्धी अन्य सेवामा समस्या भोगिरहेका छन्। सेवा लिन विभाग पुगेका सेवाग्राहीसमेत प्रभावित भएका छन्।
विभागका कर्मचारीका अनुसार इन्टरनेटमा समस्या देखिएपछि सर्भर सञ्चालनमा समस्या आएको हो। समस्या समाधानका लागि प्राविधिक पक्षबाट काम भइरहेको जनाइएको छ।
सर्भरमा आएको समस्याका कारण सेवा नियमित हुन केही समय लाग्न सक्ने बताइएको छ।