
१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष राईले पार्टीलाई देउसीको शैलीमा राजनीतिक आशिष् दिएका छन् ।
देउसी–भैलो कार्यक्रममा सहभागी सांसद राईले रास्वपा नेतृत्वको सरकार पाँचै वर्ष टिक्नुपर्ने र आफैँले आफ्नो सरकार नढाल्नुपर्ने बताएका हुन् ।
उनले पार्टीभित्रको एकता कायम राख्दै सरकारलाई स्थायित्व दिनुपर्ने सन्देश दिएका छन् । देउसीको भाकामा उनले पार्टी र सरकारलाई शुभकामना दिँदै पाँच वर्षसम्म सरकार सञ्चालन गर्न आग्रह गरे ।
सांसद राईको उक्त अभिव्यक्ति पछिल्लो राजनीतिक परिस्थितिबीच रास्वपा नेतृत्वको सरकारको स्थायित्वसँग जोडिएको छ ।
उनले पार्टीका नेता तथा सांसदहरूबीच आपसी समझदारी र सहकार्य कायम राख्नुपर्नेमा समेत जोड दिएका छन् ।
देउसी–भैलो कार्यक्रमका क्रममा राजनीतिक विषयलाई समेत जोडेर सांसद राईले दिएको उक्त आशिष् सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।