२०८३ आश्विन १६, शुक्रबार

नागढुङ्गाबाट भन्सार छलीको सामान बरामद

नागढुङ्गा चेकपोस्टबाट १५ बोरा घडीसहित भन्सार छलीको सामान बरामद

प्रहरी
नागढुङ्गा चेकपोस्टबाट १५ बोरा घडीसहित भन्सार छलीको सामान बरामद

१६ असोज, काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा सुरुङमार्गको चेकपोस्टबाट भन्सार छलीको सामान बरामद गरेको छ ।

बिहीबार बिहान वीरगन्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बसबाट १५ बोरा घडी, ४ कार्टुन अमूल चिज, ३ कार्टुन अमूल क्रिम र १ कार्टुन मिल्किस्ट बिस्कुट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए ।

वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३–००१ ख ३४९३ नम्बरको यात्रुवाहक बसको डिक्कीमा बिलबिजकबिनाको सामान फेला परेको हो ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले बस रोकेर चेकजाँच गर्ने क्रममा डिक्कीमा लुकाएर राखिएको अवस्थामा उक्त सामान फेला पारेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका घडी विभिन्न कम्पनीका रहेको प्रहरीले जनाएको छ । बिलबिजकबिना भेटिएका सबै सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद सामान आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस