२०८३ आश्विन १७, शनिबार

राजमार्ग अपडेट

चरौदी खोला पुलमा परेको प्वाल मर्मत, सवारी आवागमन सहज

चरौदी खोला पुल
चरौदी खोला पुलमा परेको प्वाल मर्मत, सवारी आवागमन सहज

धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको चरौदी खोला पुलमा प्वाल परेर जोखिम बढेपछि पुलको मर्मत गरिएको छ।
शुक्रबार राति केही समय सवारी आवागमन रोकेर पुलमा परेको प्वाल मर्मत गरिएको हो। मर्मत कार्य सम्पन्न भएपछि उक्त पुलबाट सवारी आवागमन पुनः सञ्चालनमा आएको छ।
पुलमा प्वाल परेपछि सवारी दुर्घटनाको जोखिम बढेको थियो। मर्मतपछि यात्रु तथा सवारी चालकलाई केही सहज भएको छ।
सम्बन्धित निकायले राजमार्गमा रहेका पुल तथा सडकको नियमित निरीक्षण र आवश्यक मर्मतसम्भारमा ध्यान दिनुपर्ने देखिन्छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस