२०८३ आश्विन १७, शनिबार

राजमार्ग अपडेट

फिसलिङ–बेनीघाट सडकखण्डमा भीषण पहिरो, मानवीय क्षति हुनबाट जोगियो

फिसलिङ–बेनीघाट सडकखण्डमा भीषण पहिरो, ठूलो मानवीय क्षति हुनबाट जोगियो
फिसलिङ–बेनीघाट सडकखण्डमा भीषण पहिरो, मानवीय क्षति हुनबाट जोगियो

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत फिसलिङ–बेनीघाट सडकखण्ड विस्तारका लागि सडक खन्ने क्रममा भीषण पहिरो खसेको छ।
सडक विस्तारका क्रममा पहाडको ठूलो भाग एक्कासि खसेपछि केही समय उक्त क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको थियो। पहिरो ठूलो भएकाले आसपासका क्षेत्रमा समेत जोखिम बढेको थियो।
तर, सम्भावित जोखिमलाई मध्यनजर गर्दै समयमै सतर्कता अपनाइएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। सडक निर्माणमा खटिएका कामदार तथा आसपासका स्थानीयलाई समयमै सुरक्षित स्थानमा सारिएपछि सम्भावित दुर्घटना टरेको हो।
पहिरोका कारण सडकखण्डमा आवागमन तथा निर्माण कार्य प्रभावित भएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस