२०८३ आश्विन १९, सोमबार

रुपन्देही अपहरण

अपहरणकारीलाई गोली प्रहार गरेर पक्राउ, ३७ घण्टापछि बालिकाको सकुशल उद्धार

रुपन्देहीमा अपहरणकारीलाई गोली प्रहार गरेर पक्राउ, ३७ घण्टापछि बालिका उद्धार
अपहरणकारीलाई गोली प्रहार गरेर पक्राउ, ३७ घण्टापछि बालिकाको सकुशल उद्धार

१८ असोज, काठमाडौं । रुपन्देहीमा १० वर्षीया बालिकाको अपहरण गरेको आरोपमा प्रहरीले एक युवकलाई गोली प्रहार गरेर पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१७ का २७ वर्षीय विशाल भनिने युवराज थारु रहेका छन्।

प्रहरीका अनुसार अपहरणपछि बालिकालाई तिलोत्तमाकै कान्छीबजारस्थित जंगलमा लुकाइएको थियो। बालिकाको खोजीमा खटिएको प्रहरीले थारुलाई नियन्त्रणमा लिन गोली प्रहार गरेको जनाएको छ।

प्रहरीले गोली प्रहार गरी थारुलाई पक्राउ गरेको हो। घटनामा उनी घाइते भए/नभएकोबारे थप विवरण सार्वजनिक गरिएको छैन।

अपहरणमा परेकी १० वर्षीया बालिकालाई भने ३७ घण्टापछि प्रहरीले सकुशल उद्धार गरेको बुटवलका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए।

बालिकालाई कहाँबाट र कसरी उद्धार गरिएको हो भन्नेबारे प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस