
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
पार्टीको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुनुअघि खुलामञ्चमा केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकमा सहभागी हुन कांग्रेसका नेताहरू खुलामञ्च पुगिरहेका छन् ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बन्दसत्रमा पेस गरिने विभिन्न प्रतिवेदनमाथि केन्द्रीय कार्यसमितिले छलफल गरी पारित गरेपछि मात्रै बन्दसत्र सुरु गर्ने कार्यक्रम रहेको छ ।
बन्दसत्रमा पार्टीका उपसभापति विश्वप्रकाश शर्मालगायत नेताहरूले विभिन्न प्रतिवेदन पेस गर्ने तयारी छ । प्रतिवेदन पारित गर्न केन्द्रीय समिति बैठकलाई महत्वपूर्ण मानिएको छ ।