२०८३ आश्विन २२, बिहिबार

लागूऔषध

मोरङको जहदाबाट २१० किलो गाँजा बरामद

जहदाबाट २१० किलो गाँजा
मोरङको जहदाबाट २१० किलो गाँजा बरामद

२० असोज, विराटनगर । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ ।

सोमबार राति जहदा गाउँपालिका–१ नयाँ बस्ती नजिकैको धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर लुकाइराखिएको अवस्थामा उक्त गाँजा बरामद भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गण हेडक्वार्टर कंकालिनी मोरङ र बीओपी जहदाबाट खटिएको संयुक्त टोलीले धानबारीमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार सीमावर्ती क्षेत्रमा बेवारिसे अवस्थामा २१० किलो गाँजा फेला परेको हो । गाँजा कसले त्यहाँ लुकाएर राखेको थियो भन्नेबारे भने यकिन नभएको प्रहरीले जनाएको छ ।

बरामद गाँजाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस