
२० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ । निर्वाचन समितिले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ताको व्यवस्था मिलाएको छ ।
नयाँ कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम चलिरहँदा पदाधिकारीतर्फ उल्लेख्य संख्यामा उम्मेदवारी परेको छ । विशेषगरी उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी दर्ता भएको छ ।
हालसम्म सभापति पदमा श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका छन् । सभापतिमा उम्मेदवारी घोषणा गरेका गगनकुमार थापा र किशोरसिंह राठौरको उम्मेदवारी भने दर्ता हुन बाँकी रहेको स्रोतले जनाएको छ ।
वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ । उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसको संशोधित विधानअनुसार पदाधिकारीको संख्या बढाइएको छ । नयाँ व्यवस्थाअनुसार वरिष्ठ उपसभापति र महिला उपसभापतिको पद थपिएको छ भने उपसभापतिको संख्या चार पुगेको छ । महामन्त्रीको संख्या तीन र सहमहामन्त्रीको संख्या ११ पुर्याइएको छ ।
सभापति
वरिष्ठ उपसभापति
उपसभापति (खुला)
उपसभापति (समावेशी)
महिला उपसभापति
महामन्त्री (महिला)
महामन्त्री (खुला)
सहमहामन्त्री (महिला)
सहमहामन्त्री (खुला)
सहमहामन्त्री (पिछडिएको क्षेत्र)
सहमहामन्त्री (खसआर्य)
सहमहामन्त्री (आदिवासी जनजाति)
सहमहामन्त्री (थारु)
सहमहामन्त्री (अल्पसंख्यक)
सहमहामन्त्री (मुस्लिम)
सहमहामन्त्री (मधेशी)
उम्मेदवारी दर्ताको क्रम जारी रहेकाले पदाधिकारीतर्फ उम्मेदवारको संख्या अझै बढ्न सक्ने देखिएको छ ।