
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ठूल्ढुङ्गास्थित पृथ्वी राजमार्गबाट बियर बोकेको मिनी ट्रक मर्स्याङ्दी नदी किनारमा खसेको छ। दुर्घटनापछि बेपत्ता भएका ट्रकका चालक सम्पर्कमा आएका छन्।
शुक्रबार राति करिब साढे ९ बजे मुग्लिङबाट दमौलीतर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०४१७ नम्बरको मिनी ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको हो।
दुर्घटनापछि चालक सम्पर्कविहीन भएका थिए। पछि उनी सम्पर्कमा आएको जानकारी प्राप्त भएको छ।