२०८३ आश्विन २७, मंगलबार

दार्चुलामा जीप दुर्घटना, खाल्डाखुल्डी सडकका कारण पल्टिएको आशंका

दार्चुलामा जीप दुर्घटना, खाल्डाखुल्डी सडकका कारण पल्टिएको आशंका

२६ असोज, दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ बस्कोटमा सोमबार बिहान जीप दुर्घटना भएको छ। मालिकार्जुनबाट भगवतीतर्फ जाँदै गरेको जीप सडकमा पल्टिएको हो।

प्राप्त विवरणअनुसार, बिहान करिब ८ बजे सु.प.प्र. ०४००१ ज ००४६ नम्बरको जीप मालिकार्जुन–भगवती सडकखण्डअन्तर्गत बस्कोटमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। जीप सडकमा पल्टिए पनि यात्रु तथा अन्य व्यक्तिलाई चोटपटक लागेको विवरण प्राप्त भएको छैन।

कच्ची सडकमा रहेका खाल्डाखुल्डीका कारण जीप दुर्घटनामा परेको प्रारम्भिक जानकारी दिइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

ग्रामीण सडकमा खाल्डाखुल्डी तथा सडकको अवस्थाले यातायात सञ्चालनमा जोखिम बढाउन सक्ने भएकाले सडक मर्मत तथा सुरक्षित आवागमनमा सम्बन्धित निकायको ध्यान जानुपर्ने देखिन्छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस