
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ गुम्बाचोकनजिक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ एचआईडी निवासी करिब ५५ वर्षीय श्यामकुमार तामाङ रहेका छन् ।
बुधबार बिहान करिब ७ः३० बजे हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना.४२ प ७२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको ग १ ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उपचारकै क्रममा बिहान ७ः५५ बजे उनको मृत्यु भएको हो ।