२०८३ कार्तिक १, शनिबार

रुपन्देहीको देवकोटा चोकबाट ५२० ट्याब्लेट प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ

रुपन्देहीको देवकोटा चोकबाट ५२० ट्याब्लेट प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ स्थित देवकोटा चोकबाट प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा, रुपन्देहीबाट खटिएको मोबाइल गस्ती टोलीले देवकोटा चोकमा रहेको एक होटलअगाडि शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जाँचका क्रममा उनीहरूको साथबाट ट्यापेन्टाडोल ५०० ट्याब्लेट र ट्रामाडोल हाइड्रोक्लोराइड २० ट्याब्लेट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद औषधिको कुल परिमाण ५२० ट्याब्लेट रहेको छ।
पक्राउ परेका दुवै जनालाई बरामद औषधिसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस