२०८३ कार्तिक १, शनिबार

गुल्मीमा पिकअप सडकबाट १०० मिटर तल खस्यो, तीन जना घाइते

गुल्मीमा पिकअप सडकबाट १०० मिटर तल खस्यो, तीन जना घाइते

गुल्मी । गुल्मीमा पिकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको पिकअप गाडी आज बिहान दुर्घटनामा परेको हो।
रुद्रवेणी–वामीटक्सार सडकखण्डअन्तर्गत मुसिकोट नगरपालिका–५, झक्कलेमा लु १ च ८०२४ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–५ निवासी ३९ वर्षीय मदन सुनारले चलाएको उक्त गाडीमा चालकसहित ६ जना सवार थिए। दुर्घटनामा उनीहरूमध्ये तीन जना घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि मजुवास्थित शुभसारथी मेडिकलमा लगिएको छ। दुर्घटनापछि पिकअप गाडी घटनास्थलमै रहेको जनाइएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस