२०८३ कार्तिक ३, सोमबार

काभ्रेमा हाइस माइक्रोबस २५० मिटर तल खस्यो, ३ जना घाइतेको उद्धार

काभ्रेमा हाइस माइक्रोबस २५० मिटर तल खस्यो, ३ जना घाइतेको उद्धार

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ सेल्फिडाँडास्थित बीपी राजमार्गमा हाइस माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
इलामबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३५९ नम्बरको हाइस माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको हो।
दुर्घटनापछि भकुण्डेबेशीबाट खटिएको नेपाली सेनाको उद्धार टोलीले नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायसँगको सहकार्यमा दुर्घटनास्थलबाट तीन जना घाइतेको उद्धार गरेको छ।
उद्धार गरिएका घाइतेलाई मेथिनकोट अस्पतालको एम्बुलेन्समार्फत उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
दुर्घटनामा अन्य व्यक्ति घाइते भए/नभएको तथा घटनाको थप विवरण आउन बाँकी रहेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस