
९ कात्तिक, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो ।
महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४० रुपैयाँले बढेर प्रतितोला ३ हजार ९९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ३४० रुपैयाँ कायम भएको छ । त्यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार ४२५ रुपैयाँ पुगेको छ ।