२०८२ मंसिर १९, बिहिबार

मृत अवस्थामा फेला

एक पुरुष धोबीखोलामा साइकलसहित मृत फेला

धोबीखोलामा साइकलसहित एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
एक पुरुष धोबीखोलामा साइकलसहित मृत फेला

१८ मङ्सिर, काठमाडौँ  /  काठमाडौँको रुद्रमति पुलनजिक धोबीखोलामा साइकलसहित एक पुरुष मृत अवस्थामा फेला परेका छन् । आज बिहान करिब ६ः५० बजेको समयमा काठमाडौँ महानगरपालिका–२९ मा शव फेला परेको हो।प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ भने मृत्युको कारण खुल्न बाँकी नै छ ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल शंखमुल बस्ने करिब ५० वर्षीय ललित गिरी मृतकको पहिचान रहेको छ । मृतककी श्रीमतीले गिरीको सनाखत गरेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धानको कार्य अगाडि बढाइएको छ । मृत्युको कारणबारे विस्तृत विवरण आउन नै बाँकी छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस