२०८२ अषाढ १७, मंगलबार

धुनिवेशी कवाडी संकलन केन्द्रबाट लागुऔषध कारोबारमा एक युवक पक्राउ

कवाडी कर पोष्टबाट एक युवक घरेलु हतियार र लागुऔषध सहित पक्राउ परेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २९, सोमबार
धुनिवेशी कवाडी संकलन केन्द्रबाट लागुऔषध कारोबारमा एक युवक पक्राउ

२९ वैशाख काठमाडौँ / पृथ्वी राजमार्ग अन्तर्गत धादिङ्ग जिल्ला धुनिबेशि नगरपालिका वडा नं ६ कवाडी कर पोष्टबाट एक युवक घरेलु हतियार र लागुऔषध सहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय खानिखोलाबाट गएको टोलीले बिशेष सुराकीको आधारमा खानतलासी गर्दा घरेलु हतियार र लागुऔषध सहित युवक पक्राउ गरेको हो ।

पक्राउ परेको युवक बारे दृष्टि नेपालले जानकारी लिदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव निरीक्षक सुवास हमाल भने एक युवक पक्राउ परेको हो तर अनुसन्धान भै रहेको हुनाले थप जानकारी दिन नमिल्ने बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस