
फागुन ८,काठमाडौँ /प्रहरीले काभ्रेको रोशी गाउँपालिका–५ घर भएर कपन बस्ने ३१ वर्षीय डिमे लामालाई काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–१२ स्थित कपनबाट खैरो हेरोइन सहित पक्राउ गरेको छ । उनलाई बिहीबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए ।
आरोपीको साथबाट प्रहरीले ५.१० ग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद गरेको छ भने उनको साथबाट १८ वटा मोटरसाइकल तथा स्कुटरको चाबी समेत प्रहरीले बरामद गरेको छ । उनलाई थप अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी कार्कीले जानकारी दिए।