१६ कार्तिक काठमाडौँ / ४ दिनदेखि थुप्रिएको फोहोर १५ दिनको लागि खुल्यो, माग पुरा नभए १५ दिनपछि स्थानिएले फेरि बन्द गर्ने, धादिङ र नुवाकोट जिल्लाको सिमानामा पर्ने बन्चरेडाडाँ ल्यानफिल्ड साइडमा १५ वटा नगरपालिका महानगरपालिकाले २०६२ सालबाट फोहोर विर्सजन गर्दै आएको थियो । फोहोर विर्सजनमा लापरवाहि गरेपछि दुर्गिन्धत फैलिएको थियो । दुर्गन्ध फैलिएपछि स्थानियहरु आन्दोलित हुदै आएका छन् । १५ गतेदेखि भएका स्थानियहरु प्रहरी विकास मन्त्री कुलमान घिसिङ आफै बन्चरेडाडाँ ल्यान्डफिल्ड पुगेर स्थानियको गुनासो सम्बोधन गर्ने प्रतिबदता ब्यक्त गरेपछि १५ दिनको लागि फोहोर खुल्ला गरिदिएका छन् । सो १५ दिनको म्यादभित्र सरकारले मागको सम्बोधन नगरे फेरि स्थानियहरु आन्दोलनमा उतरिने चेतावनि पनि दिएका छन्, मन्त्री घिसिङले आधारभुत मागहरु तत्काल सम्बोधन गर्ने बताउनु भएको थियो ।
धुनिवेशी नगरपालिका नगरप्रमुख बालकृष्ण आचार्यले काठमाडौँ महानगर र काठमाडौँ जिल्लाको भुमिमा आएर आफना नागरिकहरुलाई आन्दोलन गरेको भन्दै जिल्ला प्रशाशन काठमाडौबाट आन्दोलनकारीलाई दमन गरेको भन्दै धादिङ जिल्ला प्रशाशन र प्रहरीका जिल्ला धादिङलाई जानकारी समेतनदि धादिङका नागरिकलाई दमन गरेकोप्रति आपति जनाउनु भयो ।
रातिको लागि फोहोर व्यवस्थापनको लागि विद्धुत लाइट बाटो लगायत आधारभुत आवश्यकताहरु भोलि देखिनै सुरु गर्ने बताए भने ल्यान्डफिल्ड साइटमा प्रभावित स्थानियबासीको ३ वटा तहको घेरा मापदण्ड बनाइएको छ । सोको अध्ययन भइरहेको पनि बताए । पटक पटक स्थानियहरु आन्दोलित हुदै गर्दा प्रहरी र स्थानिय झडप हुदा मुदा खेपिएको स्थानियहरुको मुदा फिर्ता लिने विषयमा पनि छलफल भइरहेको र छिटै समाधान हुने आसवासन समेत मन्त्री घिसिङले दिनु भएको थियो । बन्चरेडाडाँ ल्यान्डफिल्ड साइडका स्थानिय खेतबारीमा जादाँ प्रहरी देख्दा भाग्नुपर्ने स्थिति सिर्जना भएको हुदा तत्काल फिर्ता लिन नगरप्रमुख बालकृष्ण आचार्यले मन्त्री प्रहरी विकास कुलमान घिसिङलाई जिज्ञासा राख्दै आग्रह गर्नुभयो ।