२०८२ श्रावण २९, बुधबार

नाराबाजी र होहल्लापछि राप्रपा युवा संगठन काठमाडौंको अधिवेशन स्थगित

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ ।
नाराबाजी र होहल्लापछि राप्रपा युवा संगठन काठमाडौंको अधिवेशन स्थगित

२८ साउन काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ ।
धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा अधिवेशन कार्यक्रम उद्घाटन नहुँदै अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणा पक्षधरका युवाहरूबीच विवाद भएर हात हालाहाल भएको थियो ।

उक्त कार्यक्रममा अध्यक्ष लिङ्देन पनि पुगेका थिए । लिङ्देनकै अघि महामन्त्री राणा पक्षका युवाहरूले नाराबाजी गरेका थिए । त्यसपछि अध्यक्ष लिङ्देनले यस्तो अवस्थामा अधिवेशन हुन नसक्ने भन्दै स्थगित गरेका हुन्। हुलदंगा पार्टीलाई मान्य नहुने पनि उनले बताए ।

अधिवेशनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस