२०८२ भाद्र ११, बुधबार

सहसचिवमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति

विधायन व्यवस्थापन समितिले सहसचिवमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति जुटाएको छ ।
सहसचिवमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति

११ भदौ काठमाडौं / विधायन व्यवस्थापन समितिले सहसचिवमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति जुटाएको छ । प्रतिनिधिसभाले निजामती विधेयकमा उपसचिवसम्म मात्र खुला प्रतिस्पर्धाको व्यवस्था गरेको थियो । तर, समितिले १० प्रतिशत सहसचिव खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने व्यवस्था गरेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिले सहसचिवको हकमा गरेको व्यवस्था विधायन समितिबाट संशोधन भएको हो । नायब सुब्बामा खुला प्रतिस्पर्धा राख्ने कि नराख्ने भन्ने विवाद कायमै छ । सरकारले बढुवाबाट मात्र नायब सुब्बा हुने व्यवस्था प्रस्ताव गरेको थियो । जसलाई प्रतिनिधिसभाले निरन्तरता दिएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस