
पुस ८, ढाका / बङ्गलादेशमा इन्किलाब मञ्चसँग सम्बन्धित विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरी अर्का राजनीतिज्ञलाई सार्वजनिक रूपमा गोली हानी मारिएको छ।
बङ्गलादेशी अखबार ’ढाका ट्रिब्यून’का अनुसार, राष्ट्रिय नागरिक पार्टी (एनसीपी)को खुलना डिभिजनका प्रमुख र श्रमिक शक्तिका केन्द्रीय संयोजक मोतेलेब सिकदरलाई सोमबार बिहान ११ः४५ बजेतिर खुलनाको सोनाडांगा क्षेत्रमा गोली हानी हत्या गरिएको थियो।
अखबारले अस्पताल स्रोतहरूलाई उद्धृत गर्दै सिकदरलाई खुलना मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको बताएको छ। यस घटनामा, सिकदरलाई अज्ञात आक्रमणकारीहरूले गोली हानेको र स्थानीयहरूले उद्धार गरेर अस्पताल लगेका सोनाडांगा मोडेल प्रहरी चौकीका इन्चार्ज (अनुसन्धान) अनिमेश मण्डलले भने ।
घटनापछि घटनास्थलमा प्रहरी तैनाथ गरिएको छ। प्रहरी अधिकारीले घटनाको अनुसन्धान जारी रहेको बताए।