२०८२ चैत्र १, आईतबार

हिमपातमा फसेका १५ सय जनाको सेनाले गर्‍यो उद्धार

हिमपातमा फसेका १५ सय जनाको नेपाली सेनाले उद्धार गरेको छ ।
हिमपातमा फसेका १५ सय जनाको सेनाले गर्‍यो उद्धार

१२ कात्तिक, काठमाडौं  / हिमपातमा फसेका १५ सय जनाको नेपाली सेनाले उद्धार गरेको छ । मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरुको सेनाले उद्धार गरेको हो । भारी हिमपात परेपछि फसेका २ सय विदेशी पयर्टकसहित १५ सयको उद्धार गरिएको सैनिक मुख्यालयले बताएको छ ।

मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीका साथै प्रहरी र सशस्त्र प्रहरी, स्थानीयको सहयोगमा उद्दार गरी सुरक्षित स्थानमा लगिएको सेनाले बताएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस