२०८२ कार्तिक ३, आईतबार

शीतलनिवासमा सेनाको कडाइ

शीतलनिवास क्षेत्रमा सेनाले कडाइ गरेको छ ।
शीतलनिवासमा सेनाको कडाइ

२७ भदौ काठमाडौँ / शीतलनिवास क्षेत्रमा सेनाले कडाइ गरेको छ । गए रातिदेखि अन्तरिम सरकार गठनका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पक्षहरूसँग छलफल गरिरहेका छन् ।

जेनजीका प्रतिनिधिहरूले सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखमा सिफारिस गरेपछि सरकार गठनबारे छलफल चलिरहेको छ । राष्ट्रपति पौडेलले प्रमुख राजनीतिक दलका नेता र प्रतिनिधिहरूसँग पनि छलफल गरिरहेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबार भिडिओ सन्देश जारी गर्दै संविधानअनुसार नै सरकार गठनका लागि कांग्रेस पनि निरन्तर छलफल र पहलमा रहेको बताएका छन् ।

बुधबार जेनजीको प्रदर्शनका क्रममा राष्ट्रपति भवनमा पनि आगजनी भएको थियो । राष्ट्रपति कार्यालय पूर्ण रूपमा क्षति भएको छैन । अहिले राष्ट्रपतिले शीतलनिवासबाटै छलफल र संवाद अघि बढाएपछि सेनाले त्यहाँको सुरक्षा बढाएको हो । मूल गेट र भवन परिसरमा पनि बाक्लो संख्यामा सेनाको उपस्थिती छ । त्यसआपसपास सडकमा पनि सेनाको उपस्थिती छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस