
मंसिर २६, काठमाण्डौँ / गौतम बुद्ध क्रिकेट रंगशालाको विवादमा पर्दै गर्दा कलाकार सिताराम कट्टेल धुर्मुस छोरीको जटिल उपचारका लागि केही दिनअघि उनी स–परिवारको साथमा अमेरिका गएका हुन् ।
कलाकार सिताराम कट्टेल धुर्मुस केही दिनअघि स–परिवारको साथमा अमेरिका पुगेका छन् । अमेरिका पुगेर सिताराम कट्टेल धुर्मुसले सामाजिक सञ्जाल मार्फत् आफुले रंगशाला निर्माणका क्रममा व्यहोरेको दुःख पीडा व्यक्त गरेका छन् । अमेरिकाबाटै सामाजिक सञ्जाल फेसबुकमा लामो बकपत्र लेख्दै धुर्मुसले रंगशाला निर्माणका क्रममा आफुले व्यहोरेको दुःख र अमेरिका आउनुको पृष्ठभूमि वर्णन गरेका छन् । छोरीको निःशुल्क उपचार सुविधा पाएकाले अमेरिका आएको भन्दै उनले उपचार सकेर नेपाल फर्किने बताएका छन् ।