
पुस २८, काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी निर्वाचन झापा ५ बाट लड्ने तयारी गरेका छन् । उनी त्यसको गृहकार्यमा रहेको उनको सचिवालयले जनाएको छ ।
झापा ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । ओली सोही क्षेत्रबाट लगातार निर्वाचित हुँदै आएका छन् ।बालेनले पनि त्यही निर्वाचन क्षेत्रबाट प्रतिष्पर्धा गर्ने तयारीमा रहेरै झापाका स्थानीय नेता कार्यकर्ताहरुसँग लगातार छलफलमा रहेको उनको सचिवालयले जानकारी दिएको छ । बालेनले गते ५ गतेभित्र राजीनामा दिएर ६ गते मनोनयन दर्ताका लागि झापा जाने तयारी गरिएको बताएको छ ।