२६ असार काठमाडौँ / असार २४ गते मंगलबार बिहान नेपाल चीन सीमामा पर्ने लेन्डेखोला (भोटेकोशी) मा आएको बाढीले रसुवाको स्याफ्रुबेसी–टिमुरे सडक पूर्णरुपमा अवरोध भएको छ । ठाउँठाउँमा गएको पहिरोका कारण सवारी साधन चलाउन र पैदल यात्रा गर्न समेत कठिन भएको छ । गोसाइँकुण्ड गाउँपालिका ३ लिङलिङमा सडक बाढीले बगाउँदा सो क्षेत्रमा जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।
नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले ठाउँ ठाउँमा बाटो बनाउने काम गरेता पनि सवारी साधनका लागि भने सडक कहिले खुल्ने टुंगो छैन । नेपाल–चीन जोड्ने प्रमुख सडक अवरोध हुँदा काठमाडौँ उपत्यका प्रवेश गर्ने सयौँ मालबाहक सवारी साधनहरु टिमुरेमै थन्किएका छन् ।