२०८२ श्रावण १६, बिहिबार

टिपरसँगै भेरी नदीमा बेपत्ता ३ युवाको शव फेला

गत साता टिपर दुर्घटनामा हुँदा भेरी नदीमा बेपत्ता भएका तीनजना युवकको शव फेला परेको छ ।
टिपरसँगै भेरी नदीमा बेपत्ता ३ युवाको शव फेला

१२ साउन काठमाडौँ / गत साता टिपर दुर्घटनामा हुँदा भेरी नदीमा बेपत्ता भएका तीनजना युवकको शव फेला परेको छ । गत मगलबार (साउन ६ गते) रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ पिपलचौरमा रा १ क १५०१ नम्बरको टिपर दुर्घटना भएर ठूलीभेरी नदिमा खस्दा तीनजना बेपत्ता भएका थिए ।

दुर्घटनामा रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३ निवासी ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका –८ स्यालापाखाका २० वर्षीय हरि विक बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरुको शव सुर्खेतमा फेला परेको हो । टिपर चालक मनिराम र जेसिभि हेल्पर हरिको शव केहि दिन अघि सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ खोचीस्थित भेरीनदी किनारमा फेला परेको हो भने शनवीरको शव आइतबार फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यति बिल्डर्स प्रालिमा जेसिभि अपरेटर पदमा कार्यरत धनवीको शव सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदी किनारमा आइतबार बेलुका फेला परेको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस