१२ भदौ काठमाडौँ / कैलालीमा खोलामा डुबेर चार जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब २ बजेतिर गोदावरी नगरपालिका–९ खुटिया खोलामा चार जना किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिए ।
पौडी खेल्न गएका किशोरहरूको शव फेला परेको हो । मृतक अन्दाजी १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय देव भण्डारी, १७ वर्षीय जावेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरी छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।