
२२ मंसिर काठमाडाैँ / थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा झडप भएको छ । गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको मध्यस्थतामा युद्धविराम भएको थियो ।
सोमबार दुवै देशले एक अर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाउँदै हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
यसले दुई देशबीच पुनः संकट उत्पन्न हुने संकेत गरेको छ । सोमबार बिहान दुवै देशले एक अर्कामाथि सीमानामा पहिले हमला गरेको आरोप लगाएका छन् । थाइ सेनाले कम्बोडियाली सेनाबाट भएको गोलाबारीमा परी आफ्नो एक सैनिकको मृत्यु र दुई जना घाइते भएपछि जबाफस्वरू हवाई आक्रमण गरेको बताएको छ ।
थाइ सेनाका मेजर जनरल विन्थाइ सुवारीले चोङ आन मा पास क्षेत्रमा रहेका कम्बोडियाका सैन्य समर्थन केन्द्रहरूलाई लक्ष्य बनाएर आक्रमण गरिएको बताएका छन् । उनका अनुसार ती स्थानबाट थाइल्याण्डको एनुपोङ बेसमा तोप र मोर्टार प्रहार गरिएको थियो ।