२०८२ कार्तिक १७, आईतबार

सुख्खा पहिरोका कारण ३ दिनदेखि बिपी राजमार्ग अवरुद्ध

सुख्खा पहिरोका कारण ३ दिनदेखि बिपी राजमार्ग अवरुद्ध

१६ कात्तिक, काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोक जिल्लाको रोशी–८ चारसयबेशी र रोशी–१२ माम्तीमा सडक माथिबाट खसेको सुख्खा पहिरोले बिपी राजमार्ग अवरुद्ध भएको छ ।

तीन दिनदेखि चारसयबेशीमा सडक माथिबाट सुख्खा पहिरो निरन्तर आइरहेकोले राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएर डाइभर्सन बनाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

प्रहरी निरीक्षक कार्कीका अनुसार विभिन्न स्थानको लेदो र पहिरो पन्छाइसकेको भएपनि राजमार्गको चारसयबेशीमा निरन्तर सुख्खा पहिरो खसिरहेकोले यातायात सञ्चालनमा रोक लगाएको हो । उक्त स्थानमा अहिले डाइभर्सन बनिरहेको छ ।

बिहीबारदेखि परेको अविरल बर्षाका कारण बिपी राजमार्ग अन्तर्गत चौकीडाँडा, डालाबेशी, नार्के, चारसयबेशी र घुमाउने लगायतको स्थानहरूमा ढुङ्गा खस्ने लेदो सहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरोध भएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस