२०८२ अषाढ ६, शुक्रबार

बुढानीलकण्ठ नौलिङ भद्रकाली जात्रा गाम्चा चुनिखेल

तुपेक भद्रकाली, चपली भद्रकाली, चुनीखेल भद्रकाली र गणेशको खटसहित नगरपरिक्रमा गरिएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख ३०, मंगलबार
बुढानीलकण्ठ नौलिङ भद्रकाली जात्रा गाम्चा चुनिखेल

३० वैशाख काठमाडौँ / बुढानीलकण्ठ नगरपालिका–१३ मा वैशाख २७ गते त्रयोदशी अर्थात् बचलाथ्व त्रयोदशीदेखि ६ दिनसम्म मनाइने श्री नौलिन (नौलिङ्गेश्वरी) भद्रकाली जात्रामा आज सिन्दूर जात्रा गरी तीन दिदीबहिनी (तुपेक भद्रकाली, चपली भद्रकाली, चुनीखेल भद्रकाली) र गणेशको खटसहित नगरपरिक्रमा गरिएको छ ।

काठमाडौँ उपत्यकाको प्राचीन एवं सबैभन्दा पुरानो कालीमन्दिरमध्येको एक मानिने नौलिन (नौलिङ्गेश्वरी) मन्दिरको यो जात्रा पनि प्राचीन जात्रामध्येको एक हो । यस जात्राको पहिलो दिन नौलिन (नौलिङ्गेश्वरी) मन्दिरमा पञ्चबलि दिने गरिन्छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस