५ असोज काठमाडौँ / काठमाडौँको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटनामा परेको छ । बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना परेको हो ।
दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो ।
स्थानीयका अनुसार बाइकलाई जोगाउन खोज्दा भन्दा उक्त गाडी मुख्य सडकमा पल्टिएको हो ।