२०८२ पौष ९, बुधबार

पक्राउ

पोखराको फेवाताल सिमसार क्षेत्र पुर्दै गरेका एक व्यवसायी पक्राउ

प्रहरी र रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि अभद्र व्यवहार गरेकोले अदालतबाट ५ दिनको म्याद थप गरेर अभद्र व्यवहार मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
पोखराको फेवाताल सिमसार क्षेत्र पुर्दै गरेका एक व्यवसायी पक्राउ

पुस ९, पोखरा / पोखराको फेवाताल आसपास सिमसार क्षेत्र पुर्दै गरेका एक व्यवसायी युवराज खतिवडालाई सोमबार कास्की प्रहरीले पक्राउ गरेको छ ।

सिमसार पुर्ने क्रममा रोक्न पुगेको प्रहरी र रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि अभद्र व्यवहार गर्ने खतिवडालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अभद्र व्यवहार मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनी चौथो पटक पक्राउ परेका हुन् । यसअघि पनि अभद्र व्यवहार, जुवा, बैंकिङ कसुर र सिमसार पुरेकै आरोपमा पक्राउ परेका थिए ।

उनले हालसम्म फेवातालको ५ सय रोपनीभन्दा बढी सिमसार क्षेत्र पुरेको आरोप छ। प्रहरीले सिमसार पुर्न प्रयोग भएका ४ वटा सवारी साधनको चाबी नियन्त्रणमा लिएको छ ।

खतिवडा पक्राउपछि पनि निरन्तर सिमसार पुर्ने बताउँछन् । खतिवडा राजनीतिक शक्तिको आडमा पटक पटक गैरकानूनी काम गर्दै आएका व्यक्ति हुन् । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल निकट रहेका धादिङका खतिवडा २ दशकदेखि पोखरामा छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस