२०८२ अषाढ ८, आईतबार

बोलाइयो मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिगषद् बैठक बोलाइएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ७, मंगलबार
बोलाइयो मन्त्रिपरिषद् बैठक

६ जेठ, काठमाडौँ / मन्त्रिपरिगषद् बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका लगत्तै बैठक बोलाइएको हो । नियमित रुपमा हिजो बस्नुपर्ने बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री ओलीले बैठक स्थगित भएको जानकारी गराएका थिए ।

आजको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने चर्चा छ । यद्यपि, यो समाचार तयार पार्दासम्म गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समितिको बैठक भने बसेको छैन ।

अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस