२०८२ पौष २५, शुक्रबार

बालकको मृत्यु

उपचारका क्रममा बालकको मृत्यु

उपचारका क्रममा बालकको मृत्यु भएपछि आफन्तहरूले कर्णाली प्रदेश अस्पतालमा प्रदर्शन गरेका छन् ।
उपचारका क्रममा बालकको मृत्यु

पुस २३, सुर्खेत /  कालिकोट खाँडाचक्र नगरपालिका–२ का उमेश बरालका २ वर्षीय छोरा सन्तोष बरालको उपचारका  मृत्यु भएको छ । उपचारका क्रममा बालकको मृत्यु भएपछि आफन्तहरूले कर्णाली प्रदेश अस्पतालमा प्रदर्शन गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार, आइतबार अपराह्न ४ः ३० बजे आफ्नै घरको आँगनमा खेल्ने क्रममा बालक लडेर घाइते भएका थिए । कालिकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो । गएराति उपचारकै क्रममा बालकको मृत्यु भएको शाहीले बताए । बालकको मृत्युको विषयलाई लिएर बुधबार बिहानैदेखि आफन्तहरू अस्पतालमा भेला भएका थिए । उनीहरूले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै छानबिनको माग राख्दै अस्पतालमा अवरोध गर्ने प्रयास गरे ।

प्रहरीले सम्झाई बुझाई गरी मृतकका आफन्त र कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. गणेश थापा नेतृत्वको टोलीबिच छलफल भइरहेको छ । छलफलपछि अस्पतालले मृतक बालकको उपचारमा लागेको सम्पूर्ण खर्च बेहोर्ने तथा शवलाई घरसम्म लैजाने व्यवस्था मिलाउने प्रारम्भिक सहमति भएको छ । दुई पक्षबिच सहमति भएपश्चात् अस्पतालको वातावरण सामान्य बन्दै गएको शाही बताउँछन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस