
१२ मङ्सिर, काठमाडौँ / नेपाल राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का दिएको हो ।
नेपाल राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार २ अर्ब ३९ करोड रुपैयाँ) लागतमा सो बराबरको नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङलाई ठेक्का दिने निर्णय गरेको हो । यसअनुसार एक हजार दरको नोट छाप्न अहिलेको विनिमय दर अनुसार ५ रुपैयाँ ५६ पैसा लाग्ने भएको छ भने यस अन्तर्गत १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाई हुनेछ ।
यसका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो । तोकिएको समयमा बोलपत्रमा सहभागी भएका सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता मध्येबाट उक्त छनोट गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।