२०८२ अषाढ ३१, मंगलबार

दुई नाबालिकाको डिम्ब बिक्री गरेको आरोपमा सिआइबीले थाल्यो अनुसन्धान

दुई नाबालिकाको डिम्ब बिक्री गरेको आरोपमा सिआइबीले थाल्यो अनुसन्धान

३१ असार काठमाडौँ / दुई जना नाबालिकाको डिम्ब बिक्री गरेको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको छ । सिआइबीले काठमाडौंको बबरमहलमा रहेको होप फर्टिलिटी एन्ड डायगोनिस्टिक प्रालिका ५ जनालाई नियन्त्रणमा लिएको थियो ।

आइतबार र सोमबार गरी ५ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूमाथि अहिले हाजिर जमानीमा राखेर अनुसन्धान भइरहको प्रहरीले जनाएको छ । सिआइबी प्रवक्ता एसपी युवराज खड्काका अनुसार दुई जना नाबालिकाका अभिभावकले डिम्ब बिक्री गरेको भनेर जाहेरी दिएका थिए ।

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को (थ) अनुसार सिआइबीले अनुसन्धान गरिरहेको एसपी खड्काले बताए । ’औषधि वा अन्य कुनै परीक्षणको लागि बालबालिकालाई प्रयोग गरेको’ कसुरमा सिआइबीले अनुसन्धान अघि बढाएको हो ।

प्रहरी स्रोतका अनुसार यो घटनामा संलग्न भएको आरोपमा उक्त कम्पनीका जस्टिना प्रधान, डा. असिम अधिकारी, डा. स्वस्ती शर्मा, मालिनी चौधरी र एलिसा ओलीलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरू पाँचै जनालाई जिल्ला अदालत काठमाडौंमा उपस्थितसमेत गराएर हाजिर जमानीमा राखिएको हो । प्रहरी स्रोतका अनुसार ती बालिकालाई कम्पनीले प्रतिव्‍यक्ति १० हजार रूपैयाँ दिएर डिम्ब झिकिएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस