२०८२ अषाढ ८, आईतबार

यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच झडप

डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच झडप भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ११, शनिबार
यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच झडप

१० जेठ काठमाडौँ / डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच झडप भएको छ ।

शनिबार दिउँसो ठुली भेरी नगरपालिका – १ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका २ समूह बिच झडप भएको हो ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार पूर्वी रूकुमको मैकोट गाउँपालिकाका स्थानीय र डोल्पाको काईके गाउंपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयहरुबिच झडप भएको हो ।

उनीहरूबीच यार्सागुम्बा संकलनमा सीमा इलाकाको विषयमा विवाद भई झडप भएको थियो । दुवै पक्षका गरी अन्दाजी ७ सय मानिसहरू रहेको डिएसपी थापाले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस