२०८२ अषाढ १७, मंगलबार

बाढीले विद्यालय भवनमा क्षति पुर्‍याएपछि खुला चौरमा पढाइ

हुम्लाको अदानचुली गाउँपालिकाको सूर्योदय माध्यामिक विद्यालयको भवनमा बढीले क्षति पुर्‍याएपछि खुला चौरमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख ३०, मंगलबार
बाढीले विद्यालय भवनमा क्षति पुर्‍याएपछि खुला चौरमा पढाइ

३० वैशाख काठमाडौँ / हुम्लाको अदानचुली गाउँपालिकाको सूर्योदय माध्यामिक विद्यालयको भवनमा बढीले क्षति पुर्‍याएपछि खुला चौरमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

वैशाख ५ गतेको वर्षापछिको बाढीले विद्यालयको भवनमा क्षति पुर्‍याएको थियो । कक्षा ९ का सबै ऐच्छिक विषयको पढाइ खुला चौरमा भइरहेको विद्यालयका प्रधानाध्यापक टंकध्वज खत्रीले बताए ।

विद्यालयको कक्षा ९ मा ६५ जना विद्यार्थी अध्ययनरत छन् । यस्तै, कक्षा १० मा १०५ जना र कक्षा ८ मा ३२ जना विद्यार्थी रहेका छन् । प्रधानाध्यापक खत्रीका अनुसार विद्यालयमा हाल ३०० विद्यार्थी छन् ।

विद्यालयमा कक्षा ६ देखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ । वैशाख १९ गतेबाट विद्यालयमा पठनपाठन सुरु भएको थियो । वर्षा भएमा पठनपाठन नै बन्द हुने अवस्था रहेको उनले बताए ।

बाढीको कारण एउटा भवन पुरै भत्किएको छ भने चार वटा कोठामा एक मिटरसम्म लेदो पसेकोले ढोका र झ्याल खोल्न सक्ने अवस्था छैन । बाढीले विद्यालयको स्टोर कोठामा समेत क्षति पुर्‍याएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस