
पुस २३, काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्ना बारेमा बिभिन्न चर्चा चल्ने गरेको भन्दै आजको दिनसम्म आफू कुनै पार्टीमा आवद्ध नरहेको दाबी गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरको २९औँ स्थापना दिवसका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री खरेलले आजको दिनसम्म कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नभएको बताए ।
उनले चूनाव लड्ने वा नलड्ने समेत कुनै निर्णय नगरेको बताए । मन्त्री खरेलले आफू र सरकारको सम्पूर्ण ध्यान तोकिएको समयमा नै निर्वाचन गर्नेमा केन्द्रीत रहेको धारणा राखे ।
उनले फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न हुने समेत बताए ।