
पुस २४, काठमाडौं / नेपाली कांग्रेसले आज ४ बजेको लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिए ।