
  
   
 
१८ कात्तिक, काठमाडौं / महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । शुक्रबार देखि बस्न नसकेको नेपाली कांग्रेसको बैठक आजदेखि बस्न सुरु भएको छ । केन्द्रीय कार्यालय सानेपामा बैठक २८ असोजदेखि सुरु भएको थियो ।
बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरुले बताएका छन् । महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा कुरा मिलेको छैन ।
महाधिवेशन चुनावअघि र वा पछि गर्ने विषयमा सहमति जुट्न नसक्दा केन्द्रीय समितिको बैठक आव्हान गर्ने र स्थागित हुँदै आएको थियो । शीर्ष तहका नेताहरुको शनिबार देखि निरन्तर बैठक बसेपनि महाधिवशेनका लागि साझा प्रस्ताव भने सहमति जुट्न सकेन । आज बसेको बैठकमा महामन्त्री गगन थापा चुनाव अघि महाविशेन गर्ने गरी प्रस्ताव लाने तयारीमा छन् ।
अर्कोतर्फ, संस्थापन पक्षबाट चुनाव पछि महाधिवशेन हुने गरी कार्यतालिका पेश गर्ने तयारी गरेको नेताहरुले जानकारी गराएका छन् ।