२०८२ पौष १५, मंगलबार

नेपाली कांग्रेस

कांग्रेसले समय नाँघिसक्दा पनि समानुपातिकतर्फको बन्दसूची बुझाउन सकेन

नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरुको बन्दसूची आज बिहानसम्म पनि बुझाउन सकेको छैन ।
कांग्रेसले समय नाँघिसक्दा पनि समानुपातिकतर्फको बन्दसूची बुझाउन सकेन

१५ पुस, काठमाडौं / नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरुको बन्दसूची आज बिहानसम्म पनि बुझाउन सकेको छैन । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाउन पुस १३ र १४ गते (आइतबार र सोमबार)को समय दिएको थियो । सोही अनुसार रातभरसम्म नामावली बुझ्ने–बुझाउने काम जारी थियो ।

आयोगका एक कर्मचारीले भने कांग्रेसले पहिल्यै निवेदन दिइसकेको र सनाखत गराइसकेकाले आज पनि नामावली बुझाउन सक्ने बताएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस