२०८२ आश्विन ३०, बिहिबार

कांग्रेस पदाधिकारी बैठक जारी

नेपाली कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक सुरू भएको छ ।
कांग्रेस पदाधिकारी बैठक जारी

२३ असोज काठमाडौँ / नेपाली कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक सुरू भएको छ । जेनजी विद्रोहका कारण २४ भदौमा जलेर खण्डहर बनेको केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू भएको हो ।

पार्टी उपसभापति पूर्ण बहादुर खड्काको संयोजकत्वमा बैठक सुरू भएको हो । यस बैठकलाई २६ असोजबाट सुरू हुने केन्द्रीय कार्यसमिति बैठकको एजेन्डासहित अन्य तयारीको रूपमा लिइएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

आजको बैठक सभापति शेरबहादुर देउवाले डाके पनि आजको बैठकमा उनी आएका छैनन् । उनी जेनजीको भदौ २४ गते आन्दोलनपछि कहाँ छन् भन्ने सार्वजनिक भएका छैनन् । केही नेताहरुले भने उनको परिवार ललितपुरमा एक घर भाडामा लिएर बसिरहेको भन्ने खुुलाएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस