२०८२ कार्तिक २, शनिबार

बीपी राजमार्गमा बाढीले बगाएका डाइभर्सन बनाउन थालियो

बीपी राजमार्गमा बाढीले बगाएका डाइभर्सन बनाउन थालियो

२० असोज, काभ्रेपलाञ्चोक / असोज १८ र १९ गतेको वर्षापछि आएको रोशी खोलाको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुनः बनाउन सुरु भएको छ ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले नमोबुद्ध र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट बगेका डाईभर्सन बनाउन सुरु भएको जानकारी दिए । खोलाको बहाव केहि कम भएपछि डाइभर्सन बनाउन सुरु भएको हो ।

सडक डिभिजन कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबद्ध नगरपालिकाको समन्वयमा राजमार्गमा बगेको डाइभर्सन पुनः निर्माण गर्न लागेको हो । पानीको बहाव कम हुँदै गएकोले सडक निर्माणको तयारी भएको सडक डिभिजन कार्यालय भक्तपुरको सूचना अधिकारी बिन्दु अधिकारीले जानकारी दिइन् ।

‘प्लान बन्दै छ, चौकीडाँडाको एक स्थानबाट भन्दा पनि ३/४ स्थानबाट सडक बनाउन शुरु गर्ने भन्ने छ । सम्भावना भयो भने हाम्रो मेशीनहरु जहाँजहाँ छन त्यहि स्थानहरुमै डाइभर्सन निर्माण सुरु गर्छौं,’ अधिकारीले भनिन् ।

रोशी खोलाको किनारै किनार सडक लैजानुपर्ने र पानीको धार पनि भित्तासम्मै टासिएको हुनाले सडकको डाइभर्सन पुनःनिर्माणमा समस्या भएको अधिकारीको भनाइ छ । डाइभर्सन बनाउन सुरु गर्नुअघि सरोकारवालाबीचमा एक अर्कालाई सहयोग गर्ने निर्णय भएको छ ।

नमोबद्ध नगरपालिका नगर प्रमुख कुन्साङ लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा र सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गा प्रसादको विचमा चाँडो भन्दा चाँडो बीपी राजमार्ग खुलाउन, आवश्यक पर्ने पुलहरु निर्माणको लागि विशेष पहल गर्ने सहमति भएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस