२०८२ मंसिर २७, शुक्रबार

भ्रष्टाचार

भिजिट भिसा प्रकरणमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भिजिट भिसामा सहसचिव तिर्थराज भट्टराईसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भिजिट भिसा प्रकरणमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मङ्सिर २५,काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध रूपमा पैसा उठाएको र असुलीधन्दा चलाएको आरोपमा सहसचिव तिर्थराज भट्टराईसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख भट्टराईसहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
सम्पत्ति शुद्धीकरणमा पनि तीन जनाविरुद्ध अख्तियारले मुद्दा ल्याएको छ, तर गृहमन्त्री रमेश लेखकलाई विपक्षी बनाइएको छैन। विशेष अदालतका सूचना अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

अख्तियारले २०८१ चैत ७ गते सहसचिव भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट पक्राउ गरेको थियो ।

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस