२०८२ श्रावण १५, बुधबार

सुनसरीमा दम्पती मृत फेला

सुनसरीको इनरुवा नगरपालिका–९ स्थित बबियामा दम्पती मृत अवस्थामा भेटिएका छन् ।
सुनसरीमा दम्पती मृत फेला

२९ असार काठमाडौँ / सुनसरीको इनरुवा नगरपालिका–९ स्थित बबियामा दम्पती मृत अवस्थामा भेटिएका छन् । आइतबार बिहान ३५ वर्षीया सुकदेव शर्मा र उनकी पत्नी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत भेटिएका हुन् । फुसको घरमा सारीको पासो लागेको अवस्थामा शर्मा र उनकी पत्नी सवेता ओछ्यानमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए ।

डीएसपी खतिवडाका अनुसार शर्माको शव अर्धनग्न अवस्थामा भेटिएको छ । आइतबार बिहान ९ बजेतिर स्थानीले घरभित्र दम्पतीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शर्माले पत्नीको हत्या गरेर आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सवेताको शरीरमा चोटपटक देखिएको छैन । डीएसपी खतिवडाले भने, ‘हामीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान अघि बढाएका छौँ ।’

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस