
पुस ४, भैरहवा / रास्वपा सभापति रवि लामिछानेको कागजी प्रक्रिया पूरा गर्न बाँकी भएकोले जिल्ला अदालत रुपन्देही पर्खाइमा बसेको छ ।
जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जिल्ला अदालतले नै पत्राचार गरेर बोलाएका कारण शुक्रबार कुरेर भए पनि कागजी प्रक्रिया पूरा गर्नका लागि प्रतीक्षा गरिरहेको बताए । धेरै राति नभए शुक्रबार नै सबै प्रक्रिया पूरा गरिने उनले बताए ।
काठमाडौंबाट भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आउने तय भए पनि खराब मौसमका कारण जहाजको उडान/अवतरण प्रभावित भएको थियो । त्यसपछि काठमाडौंबाट चितवनको भरतपुर हुँदै नारायणगढ–बुटवल खण्डबाट जिल्ला अदालत भैरहवा आउन लागेका हुन् ।